गान्तोक: आगामी उपचुनाउहरूका लागि सत्तारूढ़ एसकेएम पार्टीले आज आफ्ना उम्मेदवारहरूको नाम घोषणा गरेको छ। एसकेएमले सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा पूर्व विधायक आदित्य गोले र नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा सतिशचन्द्र राईलाई उम्मेदवार घोषणा गरेको छ।
उम्मेदवारहरूले भोलि आफ्नो नामाङ्कन पत्र दर्ता गर्नेछन्।
एसकेएम पार्टीका प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव बिकास बस्नेतले उक्त जानकारी गराएका छन्। एसकेएम पार्टीका उम्मेदवारहरू भोलि आ-आफ्ना जिल्ला प्रशासनिक केन्द्रमा दिउॅंसो एक बजीदेखि नामाङ्कन पत्र दर्ता गर्ने जानकारी उनले गराएका छन्।
उल्लेखनीय छ, आगामी २५ अक्टोबर नामाङ्कन बुझाउने अन्तिम मिति हो। नामाङ्कन पत्रहरूको जॉंच २८ अक्टोबरमा गरिने छ भने ३० अक्टोबरसम्म नामाङ्कन पत्र फिर्ता लिन सकिने छ। उक्त दुईवटा निर्वाचन क्षेत्रमा प्रस्तावित उपचुनाउका लागि अहिलेसम्म एसकेएम पार्टी बाहेक अन्य कुनै पनि राजनीतिक दल अथवा निर्दलीय उम्मेदवारहरूको नाम अघि आएको छैन।










