सोनालीको शरीरमा धारिलो चीजको चोटका धेरै निशान रहेको पोष्टमार्टम रिपोर्टले खुलायो

0-1-Sonali-Phagot-1

गोवा: भाजपाकी नेत्री तथा टिकटक स्टार सोनाली फोगाटको संदिग्ध परिस्थितिमा मृत्यु भएको मामिलामा विशेष खबर अघि आएको छ। सोनालीको शवको पोष्टमार्टम गरेपछि रिपोर्टमा उनको शरीरमा कुनै धारिलो वस्तुले चोटपटकको निशान रहेको खुलासा भएको छ। अहिले गोवा पुलिसले सोनालीका पीए सुधीर साङ्वान र उनका सहयोगी सुखविन्दरविरुद्ध हत्याको मुद्दा दर्ता गरी पक्राउ गरेको छ। सोही क्रममा वरिष्ठ पुलिस अधिकारीहरुबाट प्राप्त जानकारी अनुसार सोनालीको शव आज राति गोवाबाट दिल्ली ल्याइनेछ। सोनाली फोगाटको हिसारस्थित ऋषि नागतको श्मशान गृहमा अन्तिम संस्कार गरिने छ।

सोही क्रममा सोनालीको परिवारले गोवामै पोस्टमार्टम गराउने सहमति जनाएका थिए। तीनजना चिकित्सकको टोलीले पोष्टमार्टम गरेको छ भने भिडियोग्राफी पनि गरिएको छ। सोनालीको मृत्युपछि अनुसन्धानका क्रममा गोवा पुलिसले उनी बसेको होटलमा पनि सोधपुछ गरेको थियो। यससँगै उनले मृत्युको अघिल्लो रात खाना खाएको रेस्टुरेन्टमा पनि छानबिन गरिएको थियो। त्यसपछि दुवै ठाउँमा अनुसन्धान गर्दा शंकास्पद केही नआएको पुलिसले जनाएको छ। तर, पुलिसले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थप कारबाही गर्ने पनि सो क्रममा जनाएको थियो।

सोही क्रममा यसअघि सोनालीको मृत्यु भएको रात उनी र उनका पीए सुधीर साङ्वान गोवाको रिसोर्टको एउटै कोठामा रहेको स्रोतलाई उद्धृत गर्दै खबर आएको थियो। राति १२ बजेपछि दुवै जना डान्सबारमा गए। त्यहाँ तीन चार घण्टा बिताएपछि सोनाली फोगाटको स्वास्थ्य बिग्रियो। स्वास्थ्य बिग्रिएपछि सुधीर साङ्वानले उनलाई पुनः रिसोर्टको कोठामा ल्याएका थिए। उल्लेखनीय छ, सोनाली फोगाटको २३ अगस्तमा हृदयघातका कारण गोवामा मृत्यु भएको थियो। त्यतिबेला पीए सुधीर र सुखविन्दर उनीसँगै गोवामा थिए। मङ्गलबार बिहान ८ बजे सुधीरले सोनालीका भाइलाई फोन गरेर मृत्युको जानकारी दिएका थिए। त्यसपछि उनले फोन उठाएनन्। सोनालीको परिवारले उनको हत्या सुधीर र सुखविन्दरले गरेको आरोप लगाएका छन्। सुधीर सोनालीको सम्पत्ति हडप्न चाहन्छन्। त्यही भएर उनले सोनालीको हत्या गरेका हुन्।

About Author

Advertisement