सोनादा पचेङ समष्टि अन्तर्गत तामसिङ भएर थापाधुरासम्म जाने रोड निर्माणको कार्य शुरु

IMG-20260202-WA0125

सोनादा: सोनादा पचेङ समष्टि अन्तर्गत तामसिङ भएर थापाधुरासम्म जाने रोड निर्माणको कार्य शुरु गरिएको छ। यस क्षेत्रको दीर्घकालीन रुपमा रहेको माग आज आएर पूरा भएको छ। यस क्षेत्रमा अहिलेसम्म गाडी कुद्नलाई अलकत्रा सडक थिएन। अलकत्र भएको रोड नभएकोले यस क्षेत्रको मानिसहरुलाई धेरै असुविधा भईरहेको थियो। तर अहिले आएर सोनादा पचेङ समष्टि अन्तर्गत तामसिङ भएर थापाधुरासम्म जाने दयनीय अवस्थामा रहेको रोडको निर्माण कार्य शुरु गरिएको छ। उक्त रोडको मरमत्तिको कार्य शुरु गरिएको अवसरमा सोनादा पचेङ समष्टिको को-अर्डिनेशन कमिटीको सदस्य सुकदेव राई, सुखिया खण्ड उप सभापति मनखुस राई, भिरकमान तामसिङ फूलबारी खण्ड सदस्यहरू, किसान छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खण्ड चारको सभापति अरुण बराईली, कन्ट्रयाक्टर लगायत अन्यहरु उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खण्ड चारको सभापति अरुण बराईली र थापाधुराका स्थानीय नर्बु लामाले यस क्षेत्रमा रोड निर्माणको लागि कार्य शुरु गरिएकोमा जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद अनोस थापा, सोनादा पचेङ समष्टिको को-अर्डिनेशन कमिटीको सदस्य सुकदेव राई आदिलाई विशेष धन्यवाद दिएका छन्। यस अवसरमा अरुण बराईलीले भने, हामीले यत्रो वर्ष फूलबारी, थापाधुरा तामसिङ क्षेत्रमा बसोबासो गर्दै आएको र अहिलेसम्म कसैले पनि कुनै पनि प्रकारको सरकारी सहुलियतहरु प्राप्त भएको छैन।‌ तर अहिले आएर यस क्षेत्रमा बाटो निर्माणको कार्य शुरु गरिएको छ। अहिलेसम्म केही नपाएको जीटीए‌ प्रमुख अनित थापाको सहयोगमा बाटोको काम शुरु भएकोमा सम्पूर्ण गाउँको तर्फबाट जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।‌ यसरी नै स्थानीय नर्बु लामाले पनि यस क्षेत्रमा बाटोको ठूलो बुनियादी समस्या थियो जुन अहिले आएर समाधान भएको छ। उनले यसको लागि जीटीए प्रमुख अनित थापा, समष्टि कमिटी र खण्ड समितिलाई पनि स्थानीय गाउँहरुको तर्फबाट धन्यवाद दिएका छन्।

About Author

Advertisement