सोनादा पचेङ समष्टि अन्तर्गत कालु बस्तीमा सडक मरमत्तिको लागि अजय एडवर्ड्सद्वारा जेसीबी प्रदान

IMG-20251220-WA0101

सोनादा: सोनादा पचेङ समष्टिको अन्तर्गत कालु बस्तीमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको प्रमुख संयोजक अजय एडवर्ड्सले जेसीबी दिएर‌ आफ्नो आश्वासन पूरा गरेका छन्।
उक्त कार्यक्रमकमा रंगबुल धोतरिया रंगमुक समष्टिको अध्यक्ष तेन छिरिङ, ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको सोनादा पचेङ समष्टिको अध्यक्ष सिद्धार्थ थापा, सोनादा पचेङ समष्टिको सह सचिव रमेश राई तथा उपाध्यक्ष अमित राईको उपस्थिति रहेको थियो। स्थानीय सडक अत्यन्तै जीर्णावस्थामा रहँदा पनि प्रशासनबाट कुनै ध्यान नदिइएको समयमा जेसीबी र अन्य सहयोगको व्यवस्था गरिदिएकोमा स्थानीयवासीहरूले अजय एडवर्डसप्रति आभार व्यक्त गरेका छन्। उक्त जेसीबी सडक मर्मत तथा ब्याक कटिङ कार्यमा प्रयोग गरिनेछ,जसबाट क्षेत्रका बासिन्दाहरूलाई तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ।

About Author

Advertisement