सोनादा: सोनादा ट्राफिक पुलिसको आयोजनामा सोनादा डिग्री कलेजमा ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको छ। यस अवसरमा एन्टी ड्रग्स, ट्राफिक सचेतना। विषयमा कलेजका विद्यार्थीहरूलाई लिएर सचेतना गराइएको छ। यस कार्यक्रममा सोनादा ट्राफिक पुलिसको प्रभारी सबीन दर्नाल, प्रेमुस भोटिया, सोनादा डिग्री कलेजका प्राचार्य डा योगेस खाती, प्राध्यापक प्राध्यापिकाहरु, सिभिक भोलेन्टियर, विद्यार्थीहरु उपस्थित रहेका थिए। कार्यक्रममा गायक हैशाद खालिङले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा सोनादा ट्राफिक पुलिसको तर्फबाट तयार पारेको डकुमेन्ट्री फिल्म पनि प्रदर्शन गरिएको थियो।

कार्यक्रमलाई प्राध्यापक मेघनाथ छेत्रीले सञ्चालन गरेका थिए। उल्लेखनीय छ, सोनादा ट्राफिक पुलिसको तर्फबाट योभन्दा पहिला पनि सोनादा क्षेत्रमा रहेका कलेज, स्कूलतिर पनि ट्राफिक सचेतना विषयमा कार्यक्रम आयोजना गर्दै आइरहेको छ।








