सोनादा ट्राफिक गार्डद्वारा सडक सुरक्षाबारे जनचेतना अभियान शरु

IMG-20260314-WA0069

सोनादा: सोनादा ट्राफिक गार्डद्वारा सडक सुरक्षाबारे जनचेतना अभियान शरु भएको छ। यस विषयमा सोनादा ट्राफिक पुलिसले ट्राफिक सचेतना जाती गरेको छ जसमा भनिएको छ- ‘नियमलाई नै अनुशासन भनिन्छ नियम वा अनुशासन परिवारदेखि सडकसम्म लागू हुनुपर्छ।’ सोनादा ट्राफिक गार्डद्वारा यस क्षेत्रका निम्ति सामाजिक जनसचेतना कार्यहरू निरन्तर गर्दै आइरहेका छन्। पुलिस भन्ने बित्तिकै नकरात्मक सोच राख्नेहरूमा पुलिस प्रशासनले एउटा सकरात्मक सन्देश दिँदै विभिन्न सचेतनामूलक अभियान चलाइरहेका छन्। यसै सन्देशमा सोनादा ट्राफिक गार्डले स्थानीय गाउँ समाज, स्कूल, कलेजमा सडक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले जनचेतनामूलक अभियान सुरु गरेको छ। यस अभियानमार्फत् सोनादा ट्राफिक पुलिस प्रभारी सबी। दर्नालको अगुवाईमा सबैलाई सुरक्षित यात्रा गर्न आवश्यक नियमहरूबारे जानकारी गराइँदैछ। यस अभियानमा विशेषगरी ट्राफिक संकेतको पालना गर्ने, सवारी साधन चलाउँदा सिटबेल्ट अनि बाइक चलाउँदा हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्ने, गाडी चलाउँदा अथवा बाइक स्कुटी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं। सिल्ट बेल्टको प्रयोग गरौँ। मादक पदार्थ सेवन गरेर गाडी नचलाऔँ। गाडी चलाउँदा ध्यान विचलित नहुने तथा पैदल यात्रीहरूले सुरक्षित रूपमा सडक पार गर्न क्रसवाक प्रयोग गर्ने जस्ता महत्वपूर्ण सुरक्षा उपायहरूमा जोड दिइएको छ। सोनादा ट्राफिक गार्ड प्रभारी सबीन दर्नाल अनुसार ट्राफिक नियमहरूको पालना गरे दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिन्छ। त्यसैले सबै सवारी चालक तथा पैदल यात्रुलाई सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ। यस अभियानअन्तर्गत समुदायमा कार्यशाला आयोजना गरिने, जनचेतनामूलक सामग्री वितरण गरिने तथा सर्वसाधारणसँग प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिनेछ। यस्ता कार्यक्रममार्फत सडक सुरक्षाबारे जनचेतना फैलाउने लक्ष्य राखिएको छ। सोनादा ट्राफिक गार्डले यस अभियानमा सक्रिय सहभागिता जनाउन सबैलाई आह्वान गर्दै सुरक्षित र जिम्मेवार सडक संस्कार विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ। सबैले मिलेर काम गरे मात्र अझ सुरक्षित बनाउन सकिने विश्वास व्यक्त गरिएको छ।

About Author

Advertisement