सोनादा क्षेत्रमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीको झण्डा लगाउने कार्य सम्पन्न

IMG-20241229-WA0168

सोनादा: पहाडमा केही दिन अघि गठन भएको नयाँ राजनैतिक पार्टी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संगठन बढाउने कार्य साथै विभिन्न स्थानहरुमा पार्टीको झण्डा लगाउने कार्य निरन्तर रुपमा अघि लगिरहेका छन्। यसै क्रममा सोनादा क्षेत्रमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीको झण्डा लगाउने कार्य सम्पन्न गरिएको छ‌। सोनादाको पेट्रोल पम्पदेखि शुरु गरेर सोनादा बजार क्षेत्रमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको झण्डा लगाउने कार्य सम्पन्न गरिएको छ‌। सोनादा क्षेत्रमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको झण्डा लगाउने कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै यस नयाँ राजनैतिक पार्टीको एकजना नेतृत्व अमृत प्रधानले गोर्खा जातिको हराउँदै गएको अस्तित्व पुनः फर्काई ल्याउनलाई अजय एडवर्डसको नेतृत्वमा पहाडमा नयाँ राजनैतिक पार्टी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको गठन गरिएको बताएका छन्‌। उनले यो राजनैतिक पार्टीको झण्डाहरु सोनादा क्षेत्रमा आज लगाउने कार्य सम्पन्न गरिएको बताउँदै हामी यो नयाँ पार्टीमा आफ्नो चुल्हा जलाउन र पेट पाल्न मात्रै आएको होइन तर कञ्चनजङ्घा जस्तो ठाडो रहेको गोर्खाको हालमा ढलेको शिरलाई पुनः उठाउन हामी कम्मर कसेर होम्मिएको बताएका छन्।

About Author

Advertisement