सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती विशेषाङ्क ज्ञानदीप पत्रिका लोकार्पण गरिएको छ। उक्त पत्रिका लोकार्पण समारोहको अध्यक्षता प्रधानाध्यापक बिन्दिया प्रधानले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार एवं गीतकार कमल रेग्मी उपस्थित रहेका थिए।समारोहमा विशिष्ट अतिथिको रुपमा साहित्यकार रामराज राई उपस्थित रहेका थिए।यस समारोहलाई शिक्षक नविनम थापाले सञ्चालन गरेका थिए। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूद्वारा कविता वाचन, गीत तथा नृत्य प्रस्तुति दिइएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ साहित्यकार एंव वरिष्ठ गीतकार कमल रेग्मीले सम्बोधन गरेका थिए। कार्यक्रममा पत्रिका ज्ञानदीप विषयमा प्रधान सम्पादक नरेश कटुवालले वक्तव्य राखेका थिए। कार्यक्रममा अन्य अतिथिहरूमा
प्रा. सेहनाज नाजनिन सलेसियन कलेज सोनादा, प्रा. विशाल थापा सोनादा डिग्री कलेज, प्रा. अमर शर्मा दार्जीलिङ सरकारी कलेज, साहित्यकार नरेन्द्र लामा
भूतपुर्व विद्यार्थी संगठनका पदाधिकारीगण अप्पर सोनादा ग्राम पञ्चायतको प्रधान दावा तामाङ, आरजे समिर, समाजसेवी डीटी योल्मो,
मञ्जरी गुरूङ आदि उपस्थित रहेका थिए।










