सोनादामा भागोप्रमोको चुनावी सभा तथा बुथ कमिटी गठनार्थ सभा सम्पन्न

IMG-20260223-WA0061

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सोनादा पार्टी कार्यालयमा नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, नारी शक्ति खरसाङ महकुमा समितिकी सचिव जैतुन निशा खातुन तथा मैया थकुरी, केन्द्रीय समिति सदस्याको उपस्थितिमा सोनादाको २४/११ बुथको चुनावी सभा तथा बुथ गठनार्थ सभा सम्पन्न भएको छ।
सभाको अध्यक्षता एन. आर. भोटियाले गरेका थिए भने सभाको सञ्चालन सुमन सेवाले गरेका थिए। सभामा स्वागत मन्तव्य छिरिङ भोटियाले राखेका थिए। सभामा सोनाम लामा, बैजन्ती लामा, जैतुन निशा खातुन, बिमल तथा एन. आर. भुटियाले आफ्ना महत्वपूर्ण विचार व्यक्त गरेका थिए। सभा उत्साहपूर्ण तथा सकरात्मक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement