सोनादा: सामडुप तार्गेलिङ्ग शेर्पा बौद्ध गुम्बा चौकी डाँडा, सोनादामा सामडुप तार्गेलिङ्ग ठोईमा छोक्पा कमिटीको आयोजनामा तीन दिवसीय ठोईमन नाग्मो (क्रोधिकाली गणचक्र) पूजा सम्पन्न गरिने भएको छ। उक्त तीन दिवसीय पूजा आगामी १० अप्रेलदेखि १२ अप्रेलसम्म आयोजना गरिने भएको छ। उक्त पूजाको तेस्रो दिन १२ अप्रेलको दिन टुल्कु सेनड्रुप रिम्पोर्छेको बाहुलीबाट वाङ अभिषेक गरिने भएको छ। उक्त तीन दिवसीय ठोईमन नाग्मो पूजा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सामडुप तार्गेलिङ्ग शेर्पा बौद्ध गुम्बा चौकी डाँडा, सोनादाका लामा फुर्तेले सामडुप तार्गेलिङ्ग शेर्पा बौद्ध गुम्बा चौकी डाँडा, सोनादामा सामडुप तार्गेलिङ्ग ठोईमा छोक्पा कमिटीको आयोजनामा तीन दिवसीय ठोईमन नाग्मो (क्रोधिकाली गणचक्र) पूजा सम्पन्न गरिने भएको जानकारी गराएका छन्। उनले उक्त तीन दिवसीय पूजामा सिक्किम, कालेबुङ, खरसाङ, मिरिक, मङ्पु, तकदाह लगायत विभिन्न स्थानहरुबाट बौध्द धर्मावलम्बीहरु उपस्थित रहने जानकारी गराएका छन्। उनले यो पूजा आयोजना गरिनुको मुख्य उद्देश्य गुरुलाई साधनाको साथमा अभिषेक गर्दै आएको र अन्तिममा गुरु दक्षिणा चढाउनको लागि आयोजना गरिएको बताए। यसको साथै यस्तो पूजा सोनादा क्षेत्रमा आयोजना नभएको र यसपाली पूजा आयोजना गरिएको र यसबाट सोनादा क्षेत्रलाई धेरै राम्रो हुने बताए। उक्त तीन दिवसीय पूजामा आयोजक समितिको तर्फबाट सबैलाई उपस्थित भईदिने अनुरोध गरेका छन्।











