सोनादामा कानुनी सचेतना कार्यक्रम सम्पन्न

IMG-20250807-WA0101

सोनादा: सुखे पोखरी अस्पताल स्वास्थ्य विभागको आयोजना साथै दार्जीलिङ जिल्ला कानूनी सेवा प्राधिकरण डीएलएसएको सह आयोजनामा सोनादा होली क्रस गर्ल्स उत्तच्चर माध्यमिक विद्यालयमा स्वास्थ्य लगायत कानुनी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विद्यालयका विद्यार्थीहरु लगायत शिक्षिकाहरु साथै सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको व्यापक रुपमा उपस्थिति रहेको थियो। यस जनचेतना कार्यक्रममा डीएलएसएका सचिवा न्यायाधीश रुथ प्रिया खाइबो, अधिवक्ता जयन्ती देवान, सोनादा थाना प्रभारी योगेश ठकुरी, सुखे पोखरी खण्ड स्वास्थ्य केन्द्र, बाल सुरक्षा अफिसर लगायत वन विभागबाट उपस्थित अधिकारीहरुले विभिन्न विषयमाथि जानकारी प्रदान गरेको अधिवक्ता जयन्ती देवानले जानकारी गराएकी छन्। उनले कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै विद्यार्थीहरु र अन्य साधारण जनतालाई कानुनी सल्लाह प्रदान गर्नलाई कानुनी सचेतना कार्यक्रम आयोजना गरिएको बताएकी छन्। उनले कसैलाई पनि कानुनी सल्लाह चाहेमा सहयोग माग्न सकिने र यस विषयमा कानुनी सल्लाह प्रदान गर्नलाई कानुनी सचेतना कार्यक्रम नै आयोजना गरिने जानकारी गराएकी छन्। उनले यस कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।

About Author

Advertisement