सोनादामा अमर शर्माको पहिलो कथा सङ्ग्रह ‘दक्षिणा” लोकार्पण

IMG-20250323-WA0241

सोनादा: सोनादामा युवा सर्जक अमर शर्माको पहिलो कथा सङ्ग्रह ‘दक्षिणा” लोकार्पण गरिएको छ। सोनादा साहित्य संस्थानको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सोनादा साहित्य संस्थानको अध्यक्ष जोगेन दर्नालले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा गोकुल सिन्हा उपस्थित रहेका थिए। कार्यक्रममा स्वागत सम्भाषण सोनादा साहित्य संस्थानको सचिव एंव कवि नरेश कटुवालले राखेका थिए। अतिथिहरुका बाहुलीबाट दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा अजय मालाकरले मंगलगान गरेका थिए भने दिवंगत सदस्यगणको सम्झनामा मौन धारण गरिएको थियो। कार्यक्रममा विनोद राई ‘सागर’, भीम क्षमित, सुरेन्द्र चामलिङ, नम्रता संस्कार, मनोहर शर्मा आदिले कविता वाचन गरेका थिए। कार्यक्रममा कथाकारको परिचय रसिक छेत्रीले राखेका थिए। यसै कार्यक्रममा रमेश बन्धु प्रकाशन सोनादाको प्रकाशित एंव अमर शर्माद्वारा लिखित पहिलो कथा सङ्ग्रह ‘दक्षिणा’ अतिथिहरुका बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त लोकार्पित पुस्तकमाथि र कथाकारितामाथि समालोचक एंव प्राध्यापक डा राजकुमार छेत्रीले समीक्षात्मक टिप्पणी राखेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित वरिष्ठ साहित्यकार डा गोकुल सिन्हा र सभाध्यक्ष जोगेन दर्नालले वक्तव्य राखेका थिए। यस पुस्तक लोकार्पण कार्यक्रममा विभिन्न स्थानहरुबाट साहित्यकारहरु उपस्थित रहेका थिए।‌ पत्रकारहरुलाई सम्बोधन गर्दै कथाकार अमर शर्माले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्। उनले पुस्तक प्रकाशनका लागि रमेश बन्धु प्रकाशन सोनादाप्रति आभार प्रकट गरेका छन् भने विभिन्न स्थानहरुबाट आएका साहित्यकारहरु साथै सोनादा साहित्य संस्थानप्रति आभार प्रकट गरेका छन्।

About Author

Advertisement