सोनादामा अण्डर १५ विन्टर फुटबल कोचिङ

IMG-20260115-WA0078

सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयको आयोजनामा अण्डर १५ विन्टर फुटबल कोचिङ जारी रहेको छ। यस अण्डर १५ विन्टर फुटबल कोचिङमा कोचको रुपमा बुध्द तामाङ, दोर्जी तामाङ, सहायक कोचमा प्रभाकर सर, रहेका छन्। उक्त अण्डर १५ विन्टर फुटबल कोचिङ गत १५ दिसम्बर २०२५ देखि आगामी २७ जनवरी २०२६ सम्म आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। यस अण्डर १५ विन्टर फुटबल कोचिङमा १५ वर्ष मुनिका २० जनाभन्दा बेसी उमेरका विद्यार्थीहरुले‌ सहभागिता जनाएका थिए‌। यस कोचिङमा सहभागी सबैलाई अन्तिममा प्रमाण पत्र र व्यक्तिगत रुपमा जर्सी प्रदान गरिने भएको छ।‌यस कोचिङमा सहभागी नानीहरुले बालासनमा हुने नगदराशि अण्डर १५ फुटबल टुर्नामेन्टमा‌ भाग लिने मौका पाएको जानकारी प्राप्त भएको छ। उक्त फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पनि प्रवेस गरिसकेको बताइएको छ‌। यस अण्डर १५ विन्टर फुटबल कोचिङको उद्देश्य नानीहरुलाई मोबाइल फोन र ड्रग्सबाट टाडा राखेर खेलकूदमा ध्यानाकर्षण गराउनु रहेको बताइएको छ‌।

About Author

Advertisement