सोनादादेखि ग्यारेज लाइन हुँदै रंगमुक, मुण्डा, सिडर्स जाने रोडको मरमत्तिको कार्य शुरु

photocollage_20261172008787

मरमत्तिको अवधि गाडीहरु चलाचल समय अनुसार हुने

सोनादा: लामो समयदेखि जीर्णावस्थामा रहेको सोनादादेखि ग्यारेज लाइन हुँदै रंगमुक, मुण्डा, सिडर्स जाने रोडको मरमत्तिको कार्य शुरु गरिएको छ। उक्त रोडको मरमत्तिको लागि गाडीहरु सञ्चालनको लागि समय सारणी जारी गरिएको छ। यस रोडको मरमत्तिको लागि सम्पूर्ण चालकहरुलाई तोकिएको समयमा गाडी कुदाई दिने अनुरोध गरिएको छ। विशेष गरेर यस रोडको मरमत्तिको लागि लोवर सोनादा भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको तर्फबाट बिहान ८ बजी अघि नै सबै गाडी गई सक्नु पर्ने र साँझ ५ बजीपछि मात्र गाडीहरु फर्किनु पर्ने समय सारणी जारी गरिएको छ। यस रोडको मरमत्तिको कार्य दिनभरि हुने भएकोले गाडी चलाचल बन्द हुने भएको छ भने आपतकालीन सेवाको गाडीलाई मात्र छुट दिइने भएको छ। उक्त रोडको मरमत्तिको लागि जारी समय सारणी विषयमा एसोसिएसनको तर्फबाट सोनादा ट्राफिक पुलिस, विभिन्न सेण्डीगेटहरुलाई, पिक अप भ्यान एसोसिएसन, ट्रक चालक एसोसिएसन सबैलाई लिखित पत्राचार गर्ने भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै लोवर सोनादा भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको तर्फबाट अवकाशप्राप्त अनरेरी कप्तान एलबी राईले सोनादादेखि ग्यारेज लाइन हुँदै रंगमुक, मुण्डा, सिडर्स जाने रोडको मरमत्तिको कार्य शुरु गरिएको र यसको लागि समय सारणी जारी गरिएको जानकारी गराएका छन्। उनले बिहान ८ बजी अघि सबै गाडीहरु गईसक्नु पर्ने र साँझ ५ बजीपछि मात्र गाडीहरु फर्किनु पर्ने जानकारी गराउँदै दिनभरि रोड मरमत्तिको कार्य हुने र यसको लागि सबैले साथ र सहयोग गरिदिने निवेदन गरेका छन्।

उनले रोड मरम्मतिको कार्य दिनभरि हुने भएकोले यसावधि आपतकालीन सेवाको गाडीलाई मात्र छुट दिने भएको पनि बताए।

About Author

Advertisement