सोनादाको होली क्रस गर्ल्स स्कूलकी एघारौं श्रेणीकी विद्यार्थी आस्था सुब्बा राष्ट्रिय स्तरको चिल्ड्रेन्स साइन्स कंग्रेस प्रतियोगितामा चयन

photocollage_20221114192636318.jpg

सोनादा: सोनादाको होली क्रस गल्स स्कूलकी एघारौं श्रेणीकी विद्यार्थी आस्था सुब्बा राष्ट्रीय चिल्ड्रेन्स साइन्स कंग्रेस कार्यक्रममा भाग लिने मौका पाएकी छन्। सोनादाको घुम सुखिया रोड निवासी सुमन सुब्बाकी सुपुत्री आस्था सुब्बाले गत ६ नोभेम्बरको दिन कोलकोतामा सम्पन्न राज्य स्तरीय चिल्ड्रेन्स साइन्स कंग्रेस कार्यक्रममा सहभागिता जनाएका थिए भने उक्त कार्यक्रमबाट आस्था सुब्बा राष्ट्रिय स्तरको लागि चयन भएकी छन्। त्यसैले उनले राष्ट्रीय स्तरको कार्यक्रम ३०औं राष्ट्रिय चिल्ड्रेन्स साइन्स कंग्रेस प्रतियोगितामा भाग लिनलाई चयन भएका छन्। गत ६ नोभेम्बरको दिन कोलकोतामा सम्पन्न राज्य स्तरीय चिल्ड्रेन्स साइन्स कंग्रेस प्रतियोगितामा राज्यभरिका विभिन्न विद्यालयहरूले सहभागिता जनाएका थिए भने पहाड़बाट पनि विभिन्न विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए। यसै कार्यक्रममा सोनादाको होली क्रस गर्ल्स स्कूलकी एघारौं श्रेणीकी विद्यार्थी आस्था सुब्बा मात्र राष्ट्रीय प्रातियोगिताको लागि चयन भएका छन्। यो स्कूलको लागि धेरै खुशीको कुरा रहेको तथा विद्यार्थी आस्था सुब्बाले स्कूल तथा पहाड़लाई नै गौरान्वित बनाएको बताइएको छ। आस्था सुब्बा राज्य स्तरीय प्रतियोगिताको लागि जिल्ला स्तरीय प्रतियोगिताबाट चयन भएर गएको बताइएको छ।

About Author

Advertisement