सोनादाको मुण्डाहट्टामा स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्लको पथको उदघाटन

CollageMaker_202339205822700.jpg

सोनादा: सोनादा पचेड समष्टि अन्तर्गत मुण्डाहट्टा जाने सड़कको विधिवत रूपमा उदघाटन गरियो। यस उदघाटन समारोहमा सोनादा-पचेङ समष्टिका सभापति सोनाम लामा, सोनादा पचेड समष्टि सभासद अनोस थापा अनि  निर्मल देवानको बाहुलीबाट उदघाटन गरियो। उक्त उदघाटन कार्यक्रम न्यु लाइट क्लब भवनमा भागोप्रमो मुण्डा शाखा सभापति मेगेन लामाको अध्यक्षतामा सम्पन्न गरिएको थियो भने कार्यक्रममा मुख्य अतिथिको रूपमा सोनादा पचेङ समष्टि सभासद अनोस थापा उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रूपमा सोनादा पचेङ समष्टि भागोप्रमो सभापति सोनाम लामा, पूर्व पञ्चायत प्रधान पदमा बान्तवा साथै अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा जमीन दिएर सहयोग गर्ने जमीन दाताहरूलाई सम्मानसहित धन्यवाद ज्ञापन पनि गरिएको छ।

उक्त उदघाटन कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित जीटीएको कार्यकारी सभासद एंव सोनादा पचेङ समष्टीको सभासद अनोश थापाले य रोडक़ निर्माणको लागि जीटीए चिफ् अनित थापालाई धन्यवाद दिएका छन्। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो मुण्डा शाखाको सभापति मेगन लामा र अमर शेर्पाले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले मुण्डाहट्टामा स्वतन्त्रता सेनानी शहीद मेजर दुर्गा मल्ल पथ उदघाटन गरिएकोमा जीटीए चिफ् अनित थापा र क्षेत्रीय सभासद अनोश थापालाई धन्यवाद दिएका छन्। दुवैले यो रोड मुण्डाहट्टावासीको लागि दीर्घकालदेखिक मांग रहेको र यस रोडले स्थानीयहरूलाई धेरै सुविधा हुने बताएका छन्।

About Author

Advertisement