सोनादाको प्राथमिक पाठशालालाई बेस्ट प्राथमिक पाठशाला अवार्ड

IMG-20220906-WA0203.jpg

सोनादा: गत ५ सेप्टेम्बरको दिन दार्जिलिङमा सम्पन्न जीटीए स्तरीय शिक्षक दिवस समारोहमा सोनादास्थित स्कट् मिशन बुनियादी प्राथमिक पाठशालालाई बेस्ट प्राथमिक पाठशालाको अवार्ड प्राप्त भएको छ। उक्त जीटीए स्तरीय शिक्षक दिवस समारोहमा स्कट मिशन बुनियादी प्राथमिकको प्रधान अध्यापक लगायत सबै शिक्षक शिक्षिकाहरू उपस्थित रहेका थिए भने अवार्ड प्रधान अध्यापक जेबी राईले ग्रहण गरेका थिए।

सन् १८९० सालमा नै स्थापित उक्त प्राथमिक पाठशालामा अहिले पनि ५७ जना विद्यार्थीहरू अध्ययनरत् छन्। लगभग १३२ वर्षदेखि शिक्षाको क्षेत्रमा लगातार कार्य गरिहेका छन्। यत्रो लामो समयदेखि शिक्षाको खेती गरिरहेका सोनादास्थित स्कट् मिशन बुनियादी प्राथमिक पाठशालालाई यसपाली बेस्ट प्राथमिक पाठशालाको अवार्ड प्राप्त भएको छ जुन गर्वको विषय भएको छ। विशेष सोनादा क्षेत्रको लागि गौरवको विषय बनेको छ। यसरी अवार्ड पाएपछि प्रधान अध्यापक जेबी राईले यो अवार्ड स्कूलको सबै शिक्षक शिक्षिकाहरूको मेहनत र परिश्रमको फल हो भन्दै यसको लागि सबै स्कूलका शिक्षक शिक्षिकाहरू र जीटीएलाई धन्यवाद दिएका छन्। उनले यो अवार्डले हामीमाथि अझैं जिम्मेवारी थपिएको छ भने काम गर्ने जोश, जाँगर र हौसला प्राप्त भएको छ भनी बताएका छन्।

About Author

Advertisement