सोनादाको पश्चिम पार्मेन फरेष्ट गाउँ बाह्र माईललाई पनि जिरो वेस्ट भिलेजको रूपमा घोषित

IMG-20230316-WA0244.jpg

सोनादा: जिरो वेस्टको आन्दोलनलाई अघि बढाउँदै आजदेखी अप्पर सोनादाको पश्चिम पार्मेन फरेष्ट गाउँ बाह्र माईललाई पनि जिरो वेस्ट भिलेजको रूपमा घोषित गरियो। टिडी आठमाइलद्वारा आयोजित आजको कार्यक्रममा मुख्य अतिथिको रूपमा जोरबङ्ग्लो सुकिया पोखरी खण्ड विकास अधिकारी जनाव समिरुल इस्लाम,सोनादा बिट अफिसर रचना प्रधान, सोनादा ग्राम पञ्चायत एकको सचिव पुरण थापा, सन्तमेरिज ग्राम पञ्चायत एकको सचिव सन्तोषराज छेत्री अनि टिडीको सदस्य सदस्याहरुको उपस्थितिमा १२ माइल पश्चिम पार्मेन बस्तीमा पारम्परिक टिडीको गेट बनाएको थियो भने सोनादा बिट अफिसर रचना प्रधान अनि खण्ड विकास अधिकारी जनाव समिरुल इस्लामले रिबन काटेर जिरो वेस्ट भिलेजको घोषणा गरेका छन्।

पृथ्वीलाई प्लास्टिकमुक्त बनाउने अभियान लिएर टिडी आठ माइलले धेरै वर्ष अघिदेखि विभिन्न गाउँ बस्तीहरुलाई जिरो वेस्ट भिलेजको घोषणा गर्दै उक्त गाउँका प्रत्येक मानिसहरूले दैनिक रूपमा प्रयोग हुने प्लास्टिकको थुप्रोलाई जताततै नफालेर सठीक रूपमा जम्मा गरी त्यस प्लास्टिकबाट विभिन्न प्रकारको सामानहरु तयार पार्ने गर्दछ भने उक्त अभियानले समस्त पृथ्वीबाट नै प्लाष्टिकको प्रयोग रोक्न सकिन्छ। उक्त प्लास्टिकको दैनिक प्रयोगले दिन प्रतिदिन भल पैह्रो,पर्यावरण दुर्षित,पानीको मुहानहरु सुकेर दुर्षित वातावरण सृजना हुने गरेको छ। त्यसैले प्लाष्टिकको प्रयोगले हामीले हाम्रो भावी सन्तानको निम्ति स्वच्छ वातावरण सृजना गर्न सकिन्छ।

आजको कार्यक्रममा पश्चिम पारमेन बनबस्तीका मानिसहरुले आफुहरु खुशी भएको महसुस गर्दै जिरो वेस्ट भिलेजको घोषणा हुनुमा सहयोग गर्नमा सहयोग गर्ने स्वयंसेवक युवाहरुलाई गाउँलेको पक्षबाट आभार प्रकट गरे। स्मरण रहोस्, टिडी आठमाइलले गत केहि महिना अघि राजाहट्टा बस्तीलाई भारतको प्रथम जिरो वेस्ट भिलेजको घोषणा गरेपछि दोस्रोपटक आठमाइल, नयाँ बस्तीलाई जिरो वेस्ट भिलेजको नामाकरण गरियो यसरी आज पश्चिम पार्मेन बाह्रमाइल बनबस्तीलाई तेस्रो जिरो वेस्ट भिलेज भनेर घोषणा गरेका छन्।

About Author

Advertisement