सोनादाको नाली चउरमा जीटीएको कार्यकारी सभासद अनोश थापाको बाहुलीबाट सामुदायिक भवन निर्माणको लागि शिलान्यास

IMG-20220801-WA0124.jpg

सोनादा: सोनादा क्षेत्र अन्तर्गत नालीचाउरवासीको दीर्घकालीन सामुदायिक भवनको मांग अब पूरा हुने देखिएको छ। यसभन्दा अघिका सत्तासीन दलहरू अनि सम्बन्धित निकायकहाँ कतिचोटि अर्जी चडाए तापनि सामुदायिक भवन निर्माण हुन नसकेको नालीचाउरवासीको गुनासो छ। 
यद्यपि  नालीचाउरवासीको दीर्घकालीन मांगलाई कदर गर्दै नवनिर्वाचित सोनादा-पचेङ समष्टिका तथा जीटीए कार्यकारी सभासद अनोश थापाले  नालीचाउरको सामुदायिक भवन निर्माणका लागि विधिवत शिलान्यास अनि भूमि पूजा गरेका छन्। सामुदायिक भवन निर्माणका लागि सभासद अनोश थापाले समष्टि अध्यक्ष सोनाम लामा अनि जमीनदाता धिरेन छेत्रीको बाहुलीद्वारा भूमि पूजा गराए भने शिलान्यास आफ्नै  बाहुलीद्वारा गरे। नालीचाउरमा  आयोजित शिलान्यास साथै सम्मान कार्यक्रमबीच कार्यकारी सभासद अनोश थापालाई नालीचाउरवासीको पक्षबाट सम्बर्द्धना जनाइयो। यसैगरी सामुदायिक भवन जस्तो अतिवाश्यक कुराको लागि जमीन दान गर्ने जमीनदाता धिरेन छेत्रीलाई पनि सभासद अनोश थापाको बाहुलीद्वारा सम्मान जनाइयो। स्थानीय डीके गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै अनोश थापाले यसपालिको चुनाउ हाम्रो लागि चुनाउभन्दा बडी चुनौती थियो। हामीले धेरै दु:खकष्ट, विध्नबाधा सहेर त्यो चुनौती पार गरौं। अब कर्मले जित्नुपर्ने अर्को चुनौती छ भनी बताएका छन्। उनले नालीचाउरको दीर्घकालीन सामुदायिक भवन निर्माणको माग थियो जसको आज शिलान्यास र भूमि पूजा गरिएको छ। नरिवल फुटाउने प्रथा धेरै अघिदेखिको हो। जमीनदाताले ठूलो मनले जमीन दिए तर समयोचित काम नहुँदा विश्वास हराएर दान गरेको जमीन फिर्ता लिनुपर्ने अवस्था आउनु भनेको बडो बिडम्वनाको कुरा हो। तर एउट कुरा स्पष्ट पार्न चाहन्छु कि शिलान्यास हुने बित्तिकै काम शुरु भइहाल्ने होइन। समतलमा बालुवा, गिटीको घाट हाल बन्द भएकोले घाट खोलिनसाथ सामान लिएर अगस्त-सेप्टेम्बर उता सामुदायिक भवन निर्माणको कार्य शुरु गरिनेछ। काम गुणस्तरको गर्नलाई निरीक्षण कमिटी गठन गरिनेछ अनि त्यही कमिटीको देखरेखमा काम हुनेछ भनी बताएका छन्। भागोप्रमो नालीचाउर शाखा सचिव सुदर्शन गुरुङद्वारा सञ्चालित कार्यक्रममा समष्टि अध्यक्ष सोनाम लामा, मूलसचिव सुकदेव राई, कोषाध्यक्ष मनकुस राई, भागोप्रमो श्रमिक संगठन केन्द्रीय सदस्य राजेश शर्मा, शाखा सभापति मधुकर गुरुङ, कोषाध्यक्ष कमलकुमार गुरुङ आदि उपस्थित थिए।

About Author

Advertisement