सोनादा: सोनादाको डाँडा गाउँस्थित कविता तामाङको घरमा भएको चोरीको दुई घण्टाभित्रमा सोनादा पुलिसको तर्फबाट दुईजना चोरलाई पक्राउ गर्न सफल बनेको छ। सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरीको अगुवाईमा एक टिम गठन गरेर चोरलाई पक्राउ गर्न सफल भएको छ। उक्त चोरीको घटनामा दुईजना आकाश गुरुङ र अनाबुल हकलाई पक्राउ गर्न सफल भएका छन्। दुवैलाई पक्राउ गरेर आज कोर्टमा पठाइएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ सदर पुलिस थानाको सीआई पर्थ सारथीले सोनादाको डाँडा गाउँ निवासी कविता तामाङको घरमा भएको चोरीको घटनालाई लिएर सोनादा पुलिस आउट पोष्टमा कम्प्लेन दिएपछि पुलिसले केश रजिस्टर गरेर एक्शन लिएको जानकारी गराएका छन्। उनले यस चोरीको घटनामा घरमा कोही नभएको बेलामा घरमा भएको भाँडाकुँडाहरु चोरी गरेर स्क्राप्ट उठाउनेलाई बिक्री गरेको र यस चोरीको आरोपीलाई पुलिसले टिम बनाएर चोरी भएको दुई घण्टामा नै चोर पक्राउ गरिएको र चोरीको सामानहरु पनि जफ्त गरिएको साथै चोरले पनि भूल स्वीकार गरेको जानकारी गराएका छन्। सीआईले बताए अनुसार पक्राउ परेका दुईनालाई नै कोर्टमा पठाइएको पनि बताएका छन्।











