सेवानिवृत्त शिक्षिकाद्वयलाई भव्य कार्यक्रमबीच विदाई गरियो

IMG-20220715-WA0189.jpg

गान्तोक: शिक्षा विभागमा लामो समयसम्म सेवा दिएपछि सरकारी माध्यमिक विद्यालय टिम्बुरबुङबाट सेवानिवृत्त भएकी शिक्षिकाद्वय पुष्पालता शर्मा र हेमादेवी शर्माको आज विदा गरियो। यी दुई शिक्षिकाद्वयलाई एक कार्यक्रमबीच सम्मान सहित विदाइ गरियो।

कार्यक्रममा सोरेङ बीएड कलेजबाट टिम्बुरबुङ स्कूलमा तालिम प्राप्त गर्न आएका विद्यार्थीहरुलाई पनि स्कूल परिवारले स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाएको छ। कार्यक्रममा टिम्बुरबुङ स्कूलमा तालिम लिइरहेका बीएड कलेजका विद्यार्थीहरु र आयोजक टिम्बुरबुङ स्कूलका विद्यार्थीद्वारा प्रस्तुत गरिएका साँस्कृतिक कार्यक्रममा सबैले आनन्द उठाए।

About Author

Advertisement