सेल्सियन कलेज पूर्व छात्र संघ, सिलगढीद्वारा आयोजित रक्तदान शिविर

548c16ce-f696-4268-bcfb-d5bba905a2c4

सिलगढी: रगतको आपूर्तिलाई कायम राख्न विभिन्न स्वैच्छिक संस्था वा क्लबहरूद्वारा अक्सर रक्तदान शिविरहरू आयोजना गरिन्छ। आज सिलगढीको सेलेसियन कलेजमा पूर्व छात्र संघद्वारा रक्तदान शिविरको आयोजना गरिएको थियो। रक्तसंकटसँग जुध्न सेल्सियन कलेजका विद्यार्थीहरू एक एक गरी आएर शिविरमा रक्तदान गरे। यो रक्तदान शिविर बिहान ८.३० बजे सुरु भएको हो। रगतको अभावमा कसैको ज्यान नपरोस् भन्ने कुरालाई ध्यानमा राखेर हरेक वर्ष झैँ यो रक्तदान शिविर आयोजना गर्न लागिएको संस्थाका सचिव चन्चल अग्रवालले बताए।

About Author

Advertisement