सेरेनिटी होमले सिक्किममा पहिलोपल्ट अल्ट्रा म्याराथन आयोजना

Untitled-1-copy-1

गान्तोकः सेरेनिटी होमले सिक्किममा पहिलोपल्ट अल्ट्रा म्याराथन आयोजना गरिरहेको छ। आगामी १२ मार्चमा सम्पन्न गरिने अल्ट्रा म्याराथनको उद्देश्य सिक्किममा अल्ट्रा म्याराथनको संस्कृतिलाई बढाउनु, युवाहरूलाई स्वास्थ्यप्रति जागरूक गर्नु र स्पोर्ट्स टुरिज्मका सम्भावनाहरू अन्वेषण गर्नु रहेको छ। सेरेनिटी होमका संस्थापक उदय गुरूङले सिक्किममा पहिलोपल्ट ‘छाङ्गु अल्ट्रा म्याराथन’ आयोजना भइरहेको आज प्रेस सम्मेलनमा जानकारी गराए। अल्ट्रा म्याराथनलाई एउटा वैश्चिक कार्यक्रम बनाउने र राज्यकै गर्व बनाउने लक्ष्य रहेको पनि उनले बताए। आयोजक समितिका सदस्य भूपेन्द्र गुरूङले अल्ट्रा म्याराथनमाथि प्रकाश पार्दे ५० किलोमिटरभन्दा माथिको दौड अल्ट्रा म्याराथन वर्गमा पर्ने बताए। उनले अल्ट्रा म्याराथन आज देशभरि आयोजना भइरहेको, तर पूर्वोत्तर भारतमा धेरै कम ठाउँमा आयोजना हुने गरेको जानकारी गराए। सिक्किममा पनि अल्ट्रा म्याराथनको संस्कृतिलाई बढाउने उद्देश्यका साथ यसपालीदेखि छाङ्गु अल्ट्रा म्याराथन शुरू गरिएको उनले बताए। उनले नानीहरूलाई स्वास्थ्यप्रति जागरूक गर्न र यसलाई ग्लोबल रन बनाउने लक्ष्य पनि लिइएको अवगत गराए। प्राविधिक पक्षमाथि बोल्दै बसन्त प्रधानले अल्ट्रा म्याराथन तीन वर्गमा सम्पन्न गरिने बताए। पहिलो वर्गअन्तर्गत ७५ किलोमिटरको अल्ट्रा म्याराथन सम्पन्न गरिने छ, जुन गणेश टकदेखि शुरू भएर छाङ्गु पुगेर फेरि गणेश टक आइपुग्नु पर्नेछ। दोस्रो वर्ग ३५ किलोमिटर रहेको छ, जुन गणेश टकदेखि शुरू भएर भ्यू पोइन्टबाट फर्केर आउनु पर्नेछ। यसरी नै तेस्रो वर्ग १० किलोमिटर रहेको छ, जुन गणेश टेकदेखि तीन माइल चेकपोस्ट केही माथिबाट फर्केर आउनु पर्नेछ। उनले सबै वर्गका इच्छुक धावकहरूलाई ध्यानमा राखेर तीन वर्गको दौड राखिएको बताए।

यसैगरी, भारती गुरूङले सिक्किममा मिनी रन, हाफ म्याराथन र फूल म्याराथनहरू आयोजना भइरहेको, तर अल्ट्रा म्याराथन पहिलोपल्ट आयोजना भइरहेको बताइन्‌। उनले सिक्किम र दार्जीलिङमा अल्ट्रा रनरहरूको संख्या निकै रहेको, तर रिम्बिकमा बाहेक अल्ट्रा म्याराथन आयोजना नहुने गरेको बताइन्‌। यस कारण इच्छुक ध्वावकहरू भाग लिन टाड्ञा टाड्ञा जानु पर्ने स्थिति रहेको उनले बताइन्‌। यस कारण स्थानीय रनरहरूलाई मञ्च प्रदान गर्न यो पहल गरिएको बताइन्‌। यस अतिरिक्त, अल्ट्रा म्याराथनको माध्यमद्वारा स्पोर्ट्स टुरिज्मका सम्भावनाहरू पनि खोज्रे प्रयास गरिने उनले बताइन्‌।

About Author

Advertisement