सेरि एः गत विजेता एसी मिलान ३-१-ले पराजित

CollageMaker_202331914288690.jpg

१९ मार्चः इटालियन सेरि ए फूटबलमा गत सीजनको च्याम्पियन एसी मिलान निराशाजनक हारको सम्मुखीन भयो। शनिवार राति खेलिएको म्याचमा एसी मिलानलाई उडिनिसले ३-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ३६ प्रतिशत पोजेशनको साथ खेल्ने उडिनिसलाई रोबर्टो पेरेयराले नवौं मिनटमा बढ़त दिलाए। त्यसपछि एसी मिलानको तर्फबाट अनुभवी ज्लाटन इब्राहिमोविचले मध्यान्तरअघि स्टपेज टाइमको चौथो मिनटमा पेनल्टीबाट गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। पेनल्टीबाट गोल खाएको लगत्तै दुई मिनटपछि बेटोले गोल गरी उडिनिसलाई २-१-को बढ़त दिलाए। अन्तमा किंग्स्ले हिजिबुले ७०औं मिनटमा गोल गरी उडिनिसलाई ३-१-ले यादगार जीत दिलाए। यस हारपछि एसी मिलान २७ वटा म्याचमा ४८ पोइण्टको साथ सेरि ए टेबलको चौथो स्थानमा कायम रह्यो। यसरी नै आठौं स्थानमा रहने उडिनिससँग ३८ पोइण्ट रहेको छ। यसबीच अटलाण्टाले एम्पोली विरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। यस जीतपछि अटलाण्टा २७ वटा म्याचमा ४५ पोइण्टको साथ छैटौं स्थानमा कायम रह्यो। एम्पोली २८ पोइण्ट लिएर १४औं स्थानमा रहेको छ। अन्य म्याचहरूमा सासुओलोले स्पेजियालाई १-०-ले पराजित गऱ्यो। सालेरनिटाना र बोलोग्नाबीचको म्याच २-२ तथा मोञ्जा र क्रेमोनिसबीचको म्याच १-१-ले ड्र रह्यो।

About Author

Advertisement