सेरि एः एसी मिलान शीर्षमा तर इण्टरसँग पनि च्याम्पियन बन्ने मौका

photocollage_202251612655406.jpg

१६ मईः दुई प्रतिद्वन्द्वी एसी मिलान र इण्टर मिलानले आइतवार राति आ-आफ्नो म्याचमा जीत हासिल गऱ्यो। यसले गर्दा इटालियन सेरि ए फूटबलमा च्याम्पियन बन्ने होड़ अन्तिम म्याचसम्म अघि बढ़्यो। एसी मिलानले आफ्नो म्याचमा अटलाण्टा विरुद्ध २-०-ले जीत हासिल गरेपछि इण्टरले पनि काग्लिअरी विरुद्ध ३-१-ले जीत हासिल गर्दा आइतवार राति इटालियन फूटबलले विजेता टीम पाउन सकेन। यसरी ३७-३७ वटा म्याचपछि एसी मिलान ८३ पोइण्टको साथ शीर्ष स्थान अनि इण्टर ८१ पोइण्टको साथ दोस्रो स्थानमा कायम रह्यो। सेरि ए-मा अब यी दुवै टीमको १-१ वटा म्याच रहेको छ अनि गोल अन्तरको आधारमा इण्टर अघि रहेको हुनाले लीग च्याम्पियन बन्न एसी मिलानले आफ्नो अन्तिम म्याच जसरी भए पनि जित्नै पर्नेछ। आफ्नो होम ग्राउण्ड सान सिरोमा एसी मिलानको जीतको निम्ति कठोर मेहनत गर्नु पऱ्यो। विजेता टीमबाट राफाएल लिओले ५६औं र थिओ हर्नाण्डेजले ७५औं मिनटमा गोल गरे। एसी मिलानलाई बारम्बार समस्यामा पारे पनि अटलाण्टाले गोल छिराउन सकेन। अटलाण्टा अहिले ३७ वटा म्याचमा ५९ पोइण्टको साथ आठौं स्थानमा रहेको छ।
एसी मिलानको विपरीत इण्टर मिलानलाई चाहिँ काग्लिअरी विरुद्ध ३-१-ले जीत हासिल गर्नमा विशेष कुनै असुविधा भएन। सारडेगना एरेनामा इण्टर मिलानबाट अर्जेण्टिनाई स्ट्राईकर लौटारो मार्टिनेजले ५१औं र ८४औं मिनटमा २ गोल गरे। यसरी नै माटेओ डार्मिअनले २५औं मिनटमा गोल गरे। काग्लिअरीबाट चारालाम्पोस लायकोगियानिसले ५४औं मिनटमा गोल गरे।
सेरि ए-को अन्य एउटा म्याचमा नापोलीले जेनोआ विरुद्ध ३-०-ले जीत दर्ता गऱ्यो। विजेता टीमबाट भिक्टर ओसिमहेनले ३२औं, लोरेञ्जो इन्सिग्नेले ६५औं (पेनल्टी) र स्टानिस्लाव लोबोट्काले ८१औं मिनटमा गोल गरे। यस जीतपछि नापोली ७६ पोइण्टको साथ सेरि ए टेबलको तेस्रो स्थानमा कायम रह्यो। अन्य म्याचहरूमा स्पेजियाले उडिनिसलाई ३-२-ले, तोरिनोले भेरोनालाई १-०-ले अनि सासुओलोले बोलोग्नालाई ३-१-ले पराजित गऱ्यो। रोमा र भेनेजियाबीचको म्याच १-१-ले ड्र रह्यो।

About Author

Advertisement