सेरि एः इण्टर मिलान र लाजियो विजयी

IMG-20230604-WA0145.jpg

४ जूनः इटालियन सेरि ए फूटबलमा लाजियोले दोस्रो र इण्टर मिलानले तेस्रो स्थानमा रहेर सत्रको समापन गऱ्यो। लाजियोले शनिवार राति खेलिएको अन्तिम चरणको म्याचमा एम्पोलीलाई २-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने लाजियोबाट एलेस्सीओ रोमाग्नोलीले ४८औं र लुइस अल्बर्तोले म्याच समाप्त हुन अघि स्टपेज टाइममा गोल गरे। म्याचमा एम्पोलीका खेलाड़ी निकोलो काम्बियाघीलाई ८९औं मिनटमा रेड कार्ड देखाइयो। यस जीतपछि लाजिओ ३८ वटा म्याचमा ७४ पोइण्ट्सको साथ सेरि ए टेबलको दोस्रो स्थानमा रह्यो। यसरी १४औं स्थानमा रहने एम्पोलीले ४३ पोइण्ट्स हासिल गऱ्यो। यसरी इण्टर मिलानले च्याम्पियन्स लीग फाइनल अघि आत्मविश्वास हासिल गर्दै तोरिनो विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। तोरिनोको होम ग्राउण्डमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने इण्टर मिलानबाट मार्सेलो ब्रोजोविचले ३७औं मिनटमा गोल गरे। यस जीतपछि इण्टर मिलान ७२ पोइण्ट्सको साथ तेस्रो स्थानमा रह्यो। नवौं स्थानमा रहने तोरिनोले ५३ पोइण्ट्स बटुल्यो। सेरि ए-का अन्य म्याचहरूमा फिओरेण्टिनाले सासुओलोलाई ३-१-ले अनि क्रेमोनिसले सालेरनिटानालाई २-०-ले पराजित गऱ्यो।

About Author

Advertisement