सेम कुरेनको फ्लप शो-ले डुबायो पञ्जाब किंग्सलाई

IMG-20230518-WA0141.jpg

१८ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को जारी सीजनमा पञ्जाब किंग्स प्लेअफ्-को रेसबाट लगभग बाहिर भइसकेको छ। कुनै चमत्कारले मात्र टीमलाई प्लेअफ्-मा पुऱ्याउन सक्छ। सीजनमा असल शुरुवात गरे पनि प्रदर्शनमा निरन्तरता कायम राख्न नसक्दा टीमको यस्तो दुर्दशा भएको छ अनि यसमा सेम कुरेनको पनि ठूलो योगदान रहेको छ। आईपीएलको लिलामीमा १८.५ करोड़ रुपियाँको रेकर्ड राशि हासिल गर्ने ईंग्ल्याण्डका यस अलराउण्डरले ब्याट र बल दुवैको साथ केही खास गर्न सकेनन्। यसको साथमा उनी आईपीएलको इतिहासमा मुख्य बलरको रूपमा पावरप्लेमा कुनै विकेट हासिल नगरी सर्वाधिक बल फ्याँक्ने बलर पनि बने। यसअघि यो रेकर्ड जसप्रीत बुमराहको नाममा रहेको थियो।
बुमराहले २०१४-को सीजनमा कुनै विकेट हासिल नगरी १५ ओभर बलिंग गरेका थिए। यसबीच कुरेनले कुनै विकेट बिना १८ ओभर बलिंग गरिसकेका छन्। यस लिस्टमा उमेश यादव र सन्दीप शर्माको पनि नाम रहेको छ। यस सीजनमा उमेश यादवले पनि १४ ओभर बलिंग गरेर कुनै विकेट हासिल गरेनन्। आईपीएलको यस सीजनमा पञ्जाब किंग्सको निराशाजनक प्रदर्शनपछि कुरेनको खराब फर्म जिम्मेवार रहेको यस आँकड़ाले पनि स्पष्ट गर्दछ। उनले यस सीजनमा अहिलेसम्म १३ वटा म्याच खेलेर केवल ९ विकेट लिएका छन्। यसमा उनको इकोनमी पनि १०.११-को रहेको छ, जसलाई निक्कै खराब मानिन्छ।

About Author

Advertisement