सेमिफाइनलमा स्थान बनाउन सफल भयो गोर्खा एफसी

photocollage_2025281400881

मिरिक: फुवागढ़ी राइजिंग युथ क्लब (मिरिक)-को तत्त्वावधानमा आयोजित फूटबल टुर्नामेण्टमा गोर्खा फूटबल क्लबले एकतर्फी जीतको साथ सेमिफाइनलमा स्थान बनायो। फुवागढ़ी लामेटार ग्राउण्डमा शुक्रवार खेलिएको चौथो क्वार्टर फाइनल म्याचमा गोर्खा फूटबल क्लबले यूएफसी बुङकुलुंग विरुद्ध ५-१-ले जीत हासिल गऱ्यो। टुर्नामेण्टको फाइनल २३ फरवरीमा खेलिनेछ। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement