सेमिफाइनलमा पुग्यो कालीझोड़ा युवा परिवार

IMG_20220803_193027.jpg

३ अगस्तः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको पहिलो क्वार्टर फाइनलमा कालीझोड़ा युवा परिवारले रोमाञ्चक जीत हासिल गऱ्यो। सेभोक प्राइमरी स्कूल मैदानमा बुधवार भएको म्याचमा कालीझोड़ा युवा परिवारले सिलगढ़ी पुलिस कमिश्नरेटलाई ३-२-ले पराजित गऱ्यो। म्याचमा १ गोल गर्ने विजेता टीमका विंगर मनीष लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ९ र १० अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।

About Author

Advertisement