‘सेभ नेचर सेभ फ्युचर’को नाराका साथ साइकल र्‍याली

IMG-20230604-WA0164.jpg

सिलगढी: विश्व पर्यावरण दिवस अगावै आज पर्यावरण संरक्षणको सन्देश दिँदै ‘सेभ नेचर सेभ फ्युचर’ नाराका साथ उत्तरेर परिवेश मञ्चको तर्फबाट सिलगढीदेखि लाटागढीसम्म र्‍यालीको आयोजना गरियो। पछिल्ला केही दिनदेखि उत्तरेर परिवेश मञ्चले यसको प्रचारप्रसार र तयारी गरिरहेको थियो। उक्त र्‍यालीको शुरूआत आज बिहान ६ बजे सिलगढी नगरनिगमका मेयर गौतम देव, विधायक शङ्कर घोष लगायत अन्यले झण्डा देखाएर उक्त साइकल गरे। वातावरण जोगाउन ‘सेभ नेचर सेभ फ्युचर’ सन्देशकाे साथ लालमोहन मौलिक निरञ्जन घाटबाट शुरू भएको याे र्‍याली लाटागढीमा पुगेर समापन हुनेछ।

About Author

Advertisement