सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

IMG-20250718-WA0094

खरसाङ: खरसाङ पुलिस थाना अन्तर्गत सेभोक पुलिसको टोलीले परिजतनगर, सेभोकस्थित एक पसलमा छापा मारी हरेंद्र बोहरा र पोफ्मा बोहरालाई पक्राउ गरेको छ। उक्त छानबीनको क्रममा उनीहरूको पसलबाट १६०० वटा निट्राजेपाम ट्याब्लेट्स आईपी १० ग्राम जफ्त गरेको छ।‌यसको साथै लागुऔषध बिक्रीबाट प्राप्त भएको एक लाख रुपियाँसमेत जफ्त गरेको जानकारी प्राप्त भएको छ। उक्त खोजी तलासी तथा जफ्त कार्य खरसाङका जोइन्ट बीडीओको उपस्थितिमा एनएसपीएस ऐन अन्तर्गतका सम्पूर्ण कानूनी प्रक्रिया पालना गरी गरिएको र सम्पूर्ण कार्यको भिडियो रेकर्डिङ समेत गरिएको जानकारी गराइएको छ।
यस सम्बन्धमा खरसाङ पुलिस थाना केस संख्या ९७/२५, धारा २१(ए)/२२(ए)/२९ एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। दुवै अभियुक्तलाई दार्जीलिङस्थित विशेष एनडीपीएस न्यायलयमा पेश गरिएको थियो। जस अनुसार अभियुक्त महेन्द्र बोहरालाई ३ दिनको पुलिस रिमाण्डमा पठाइएको छ।


यसअघि पनि गत १४ जुलाईको दिन सेभोक पुलिसले पारिजात नगरका किशन राई उर्फ पुरेकी र सृजना राईलाई पक्राउ गरी उनीहरूको साथबाट १५० वटा प्रोक्सिमेक स्पास क्याप्सुल्स जफ्त गरेको थियो। यसबारे खरसाङ थाना केश संख्या ९५/२५ धारा २१(बी)/२२(बी)/२९ एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। हाल दुवै अभियुक्त जेल हिरासतमा रहेका छन्।

About Author

Advertisement