सेप्टिक ट्याङ्कीमा खसेर दुई दाजुभाइको मृत्यु

34365989-dad4-4682-a4b2-b15a623e92ba

कुचबिहार: कान्छो भाइ सेप्टिक ट्याङ्कीमा खसे। त्यसैले बचाउने प्रयासमा जेठा भाइ पनि त्यहाँ हाम फाले। घटनामा दुवैको मृत्यु भएको छ। घटना सोमबार दिनहाटाको बारछिनाको कुटीपाडा क्षेत्रमा भएको हो। मृत्यु हुनेमा सादिकुल हक र नबिर हक रहेका छन्। ट्याङ्कीमा रहेको विषाक्त ग्यासका कारण दुवैको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।

आज बिहान आफ्नो घरको सेप्टिक ट्याङ्कीमा काम गर्दागर्दै सादिकुल त्यसमा खसेका थिए। उनको चिच्याहट सुनेर नबिर दौडिए। कान्छो भाइलाई बचाउन खोज्दा जेठो दाजु पनि ट्याङ्कीमा परे। खबर पाएपछि दमकलले गएर दुवै जनालाई बाहिर निकालेर दिनहाटा डिभिजन अस्पताल पुर्याएको थियो। त्यहाँ चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

About Author

Advertisement