सेन्ट मेरीज  ग्राम पञ्चायत क्षेत्रमा राष्ट्रिय डेंगु दिवस पालन

00-1-Dengu-Diwas-2

खरसाङ: मङ्गलबार (१६ मई) राष्ट्रिय डेंगु दिवसको अवसरमा सेन्ट मेरीज  ग्राम पञ्चायत क्षेत्रमा सर्वसाधारणबीच डेंगु बारे जानकारी गराउँदै सचेतनामूलक कार्यक्रम सम्पन्न भयोl यो कार्यक्रम सन्त मेरीज ग्राम पञ्चायतको आयोजना गरिएको थियोl यस अवसरमा पञ्चायका अधिकारीहरू, स्वास्थ्य कर्मचारीहरू, आईसीडीएसका कर्मचारीहरू, आशा कर्मचारीहरू, सेन्ट मेरीज ग्राम पञ्चायतको भेक्टर बोर्न रोग नियन्त्रण टोली, सेन्ट जेभियर्स उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू र शिक्षकहरुद्वारा डेंगु रोग बारे सचेतना र्याली पनि आयोजना गरिएको थियोl

About Author

Advertisement