सेती सिंह देवी मन्दिरमा मासिक भण्डारा आयोजित

IMG-20230521-WA0343.jpg

बरदाङ: २० माइल बरदाङ, पूर्व सिक्किमस्थित श्री सेती सिंह देवी मन्दिरमा आज मई महिनाको मासिक भण्डारा आयोजित गरियो। यस भण्डाराको सम्पूर्ण व्यवस्था ५ माइल, तादोङ, गान्तोक पूर्व सिक्किम निवासी तथा सत्तारुढ़ एसकेएम पार्टीको राज्यस्तरीय सोसियल मिडिया सचिव अशित राईले गरेका थिए। राई अनि उहाँको परिवारले आज बिहान यस मन्दिरमा उपस्थित भई माता रानीको पूजा अर्चना गरेपछि भण्डाराको प्रसादलाई संकल्प गरे, यसपछि भण्डारा वितरण कार्य शुभारम्भ गरियो।

About Author

Advertisement