सेण्ट रोबर्ट्स च्यालेञ्ज ट्रफीः घूम बोइज हाई स्कूल विजयी

IMG-20220913-WA0097.jpg

१३ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्ट्स च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा सोमवार एउटा म्याच खेलियो। क्लास सेभेनसम्मका नानीहरूले हिस्सा लिने यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा घूम बोइज हाई स्कूलले सोनादा हाई स्कूललाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रणील सुब्बा, अर्नव छेत्री, विश्वास राई र आर्यन सुब्बाले गोल गरे। यसरी नै सोनादा हाई स्कूलबाट सिद्धान्त मोथेले १ गोल गरे। सोनादा हाई स्कूलका सिद्धार्थ तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। यी २० वटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।

About Author

Advertisement