सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफीः न्यू लाइट एकाडमी क्वार्टर फाइनलमा

IMG-20220915-WA0170.jpg

१५ सेप्टेम्बरः सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा न्यू लाइट एकाडमी मरबोंगले क्वार्टर फाइनलमा स्थान बनायो। क्लास सेभेनसम्मका नानीहरूले हिस्सा लिने यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा बिहीवार न्यू लाइट एकाडमीले शिक्षा संघ हायर सेकेण्डरी स्कूललाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट स्वर्णिम राईले ह्याट्रिक गरे। यसबाहेक एक गोल राहुल राईले गरे। यसरी नै शिक्षा संघबाट एकमात्र गोल नितेश गुरुङले छिराए।

शिक्षा संघ हायर सेकेण्डरी स्कूलका कौशिक छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। यी ० वटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।

About Author

Advertisement