सृजनशील समूहद्वारा माध्यमिक र उच्चमाध्यमिक टपरहरूलाई सम्वर्द्धना

383e70eb-e155-473f-87b5-fd6c99aed562

कालचिनीः साहित्यिक संस्था सृजनशील समूहको पक्षबाट आइतबार कालचिनी खण्डको एकमात्र नेपाली उच्चमाध्यमिक विद्यालय शंकर नेपाली स्कूलबाट प्रथम श्रेणीमा उत्तीर्ण भएका दुईजना विद्यार्थी क्रमैले माध्यमिक विद्यार्थी रिया शाशङ्कर कालचिनी गोरे लाईन र उच्चमाध्यमिक विद्यार्थी छेवाङ तामाङ राईमाटाङ चियाबारी निवासीलाई अझै राम्रो शिक्षा लिई उज्ज्वल भविष्यको निम्ति अग्रसर हुने शुभकामना दिँदै स्मृति चिन्ह् प्रदान गरियो। उक्त अवसरमा समूहको संयोजक वरिष्ठ साहित्यकार अबीर खालिङ, समूहका सचिव चन्दन भट्टराई, समूहका कोषाध्याक्ष तथा कर्मा पब्लिकेशन प्रमुख नामग्याल लामा, समूहका विशिष्ट सल्लाहकार तथा संरक्षक वयोवृद्ध साहित्यकार आसबहादुर लिम्बु एवम् विशिष्ट सदस्यहरू क्रमैले उर्गेन लामा, बाबलु सापकोटा, किरण गुरुङ, कवि ज्ञानलाल दर्नाल एवम् अन्यान्यको उपस्थिति रहेको थियो। दुवै विद्यार्थीको घरमा पुगेर समूहले प्रोत्साहन स्वरूप उक्त स्मृति चिन्ह प्रदान गरेको थियो।
प्रथम भएका विद्यार्थी रिया शाशङ्करलाई समूहको सचिव तथा श्री श्री कम्प्यूटर केन्द्रका प्रमुख चन्दन भट्टराईले निःशुल्क कम्प्यूटर प्रशिक्षण पनि दिने घोषणा गरेको छ भने यो क्रम तिनले विगत तीन बर्षदेखि नै जारी राख्दै आईरहेको बताईएको छ।

About Author

Advertisement