सिलगढी: सिलगढीको सूर्यसेन पार्कलाई सुन्दर बनाइनेछ। निकुञ्ज भित्र रहेको पोखरीलाई पनि वैज्ञानिक ढङ्गले विकास गरिनेछ। यसका लागि सिलगढीका मेयर गौतम देवले पोखरीका सबै माछा महानन्दा नदीमा छोडेका थिए। सोमबार भएको कार्यक्रममा मेयर उपमेयर रञ्जन सरकार, मेयर काउन्सिल माणिक डे लगायतको उपस्थिति रहेको थियो। पत्रकारहरूसँगको भेटमा मेयरले सूर्यसेन पार्क भित्र रहेको पोखरीलाई वैज्ञानिक ढंगले मर्मत गरिने बताए। त्यसैले यी माछाहरूलाई नदीमा छोडियो। अब पोखरीलाई छेउबाट सफाइ गरिनेछ।









