सूचना तथा जनसम्पर्क विभाग नव नियुक्त अध्यक्ष राईले गरे सोरेङ जिल्लाका अधिकारीहरूसँग अन्तक्रिया

IMG-20250723-WA0163

गान्तोक: सूचना तथा जनसम्पर्क विभागका नवनियुक्त अध्यक्ष अशित राईले आज सोरेङ जिल्लाको सूचना एवम जनसम्पर्क विभागको आधिकारीरूपमा भ्रमण गर्दै त्यहाँ कार्यरत अधिकारीहरूसँग अन्तक्रिया गरे। यस अवसरमा अध्यक्ष राईलाई त्यहाँका जिल्ला सूचना अधिकारी एरोन इ लेप्चा लगायत अन्य अधिकारीहरूले स्वागत जनाए।यो भ्रमणको उद्देश्य राज्यका सबै जिल्लाहरूमा सञ्चालित सूचना तथा जनसम्पर्क विभागलाई सुदृढ पार्नु र सञ्चारको सुधार गर्नु रहेको छ।
अन्तरक्रियाको क्रममा राईले आफूलाई मुख्यमन्त्री प्रेम सिंह तामाङले यस विभागको अध्यक्षकोरूपमा जिम्मेवारी सुम्पिएकोमा कृतज्ञता व्यक्त गरेका छन्। सोही क्रममा उनले सोरेङ जिल्लाका जिल्ला सूचना अधिकारीसँग अन्तक्रिया गर्दै वर्तमान गतिविधिहरू, पूर्वाधार आवश्यकताहरू र डीआसीलेले सामना गर्नुपरिरहेको विभिन्न प्रकारको समस्या र चुनौतीबारेमा समीक्षा गरे। पत्रकारिताको क्षेत्रमा आफ्नो अनुभवलाई प्रतिबिम्बित गर्दै अध्यक्ष राईले पेशाको मागलाई स्वीकार गर्दै विभागका अधिकारीहरूले गरेको निरन्तर प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ राम्रोसँगले काम गर्नुपर्ने विषयमा प्रोत्साहन दिए।

About Author

Advertisement