गान्तोकः पाँच माइलस्थित सूचना एवम् जनसम्पर्क विभाग र प्रेस क्लब अफ् सिक्किमका प्रतिनिधिहरूबीच समन्वय सभा सम्पन्न भयो। विभागकी सचिव कर्मा डोमा युत्छोको अध्यक्षतामा सम्पन्न भएको सभामा विभिन्न विषयमाथि चर्चा परिचर्चा भयो, जसमा राष्ट्रियव्यापीरूपमा पालन गरिने मेरी माटी मेरा देश लगायत अजादीका अमृत महोत्सव रहेको थियो।
बैठकमा विशेष गरेर कार्यकारी समितिका सदस्यहरूसँग परिचय आदान-प्रदान भएपछि आजादी का अमृत महोत्सवको समापन समारोहका लागि तयार गरिएको योजना साथै विविध प्रकारका गतिविधिहरूबारेमा छलफल गरियो। विभागकी सचिव र प्रेस क्लब अफ् सिक्किमका प्रतिनिधिहरूबीचको दुईतर्फी सञ्चार सुनिश्चित गर्न र आजादी का अमृत महोत्सवको समापनसँग सम्बन्धित प्रक्रियागत दिशानिर्देशहरू साझा गर्नुपर्ने सचिवले जानकारी गराइन्।










