सूचना अनि सांस्कृतिक विभाग खरसाङको‌ आयोजनामा कवि गुरु रवीन्द्रनाथ ठाकुरको वाइसे श्रावण दिवस पालन

IMG-20250808-WA0106

खरसाङ: खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभाग अनि सुकना उच्चतर माध्यमिक विद्यालयको संयुक्त आयोजनामा कवि गुरु रवीन्द्रनाथ ठाकुरको वाइसे श्रावण दिवस पालन गरिएको छ। विद्यालयको प्रेक्षागृहमा सम्पन्न कार्यक्रमको अध्यक्षता शिक्षक प्रभारी बीरेन खातीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागको अधिकारी अनिर्बन दाम प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए‌ भने विशिष्ट अतिथिको रुपमा दिपककुमार कर्माकार, सत्यजीत मुखर्जी उपस्थित रहेका थिए। शिक्षक कृष्ण छेत्रीले सञ्चालन गरेको कार्यक्रममा नृत्यागनी नृत्य अकाडेमी सिलगढीका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने शिक्षिका लोपामुद्रा घोषद्वारा गीत प्रस्तुत गरिएको थियो। त्यसरी नै सत्यजीत मुखर्जी र तानिया चौधरीद्वारा गीत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा बाह्रौं श्रेणीका छात्रा सम्पदा छेत्रीद्वारा नृत्य एंव जिया तामाङद्वारा कवि गुरु रवीन्द्रनाथ ठाकुरको छोटो परिचय प्रस्तुत गरेका थिए। कार्यक्रममा शिक्षक प्रभारी बीरेन खातीले खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागप्रति आभार प्रकट गर्दै कार्यक्रममा उपस्थित सबै शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु, कालाकरहरु सबैलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement