कालेबुङ: कालेबुङकी सुश्मिता लेप्चाले अझ एउटा असाधारण उपलब्धि हासिल गरेकी छन्। तुर्कियेमा खेलिने मैत्री म्याचहरूको निम्ति सुश्मितालाई सीनियर भारतीय राष्ट्रिय महिला फूटबल टीममा स्थान प्राप्त भएको छ। टीममा अञ्जु तामाङ पनि रहेकी छन्। गुरुग्राममा भएको ३ दिवसीय अभ्यास शिविरपचि तुर्किये यात्रामा जाने २९ सदस्यीय टीमको घोषणा गरियो। भारतीय टीमले तुर्कियेमा ३ वटा मैत्री म्याच खेल्नेछ। यी म्याचहरूको साथमा भारतले एएफसी वूमन्स एशियन कपको तयारी गर्नेछ। भारतीय टीमले १८, २१ र २४ जनवरीमा अन्ताल्यामा म्याचहरू खेल्नेछ। त्यसपछि टीम फरवरीमा अष्ट्रेलिया जानेछ। सुश्मिताले आईडब्ल्यूएल को गत सीजनमा ईष्ट बेंगललाई च्याम्पियन बनाउनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।









