“सुशासन सप्ताह” बारे नाम्ची जिल्लापालले बोलाए बैठक

IMG-20241223-WA0258

नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल अनुपा ताम्लिङले सुशासन सप्ताहको एक भागको रूपमा आयोजित प्रशासन गाउँ की ओर अभियानबारे समीक्षा गर्न आज जिल्ला प्रशासनिक केन्द्रमा बैठक डाकिन्। बैठकमा जिल्ला प्रशासनका अधिकारीहरु र विभिन्न विभागीय कार्यालय प्रमुखहरू उपस्थित थिए। १९ देखि २४ दिसम्बरसम्म आयोजित यो अभियान प्रत्येक ब्लकस्तरमा सक्रिय गरिएको थियो। जसमा मानिसहरुको सहभागितालाई प्रोत्साहित गरेर सुशासन प्रवर्द्धनबारे जानकारी गराउनु रहेको थियो। यस अवधिमा जनगुनासोहरूलाई सम्बोधन गर्न र सेवा कार्य बढाउन विशेष कार्यक्रम र शिविरहरू आयोजना गरिएको छ। समीक्षा गर्ने क्रममा जिल्लापाल ताम्लिङले अभियान कार्यक्रमहरूबारेमा विभागीय अधिकारीहरूबाट धेरै सक्रियता हुनपर्ने कुरामा जोड़ दिइन्। उनले प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न जनता र प्रशासन दुवैले सामना गर्ने समस्याहरूमाथि पनि उल्लेख गरिन्। आएको गुनासोलाई व्यवस्थापनमा सुधार गर्न उनले जिल्ला प्रशासनिक केन्द्रमा छुट्टै सेल राख्ने जानकारी गराइन्। अधिकारीहरूले विभागीय कार्य सक्रियताको सुनिश्चित गर्दै सार्वजनिक सरोकारहरू समाधान गर्न विभागीय प्रयासहरूबारेमा जानकारी दिएका थिए। साथै जिल्लामा कार्यान्वयन गरिएका ऋण, ई-सेवाहरू, पीएमएमभीवाई, पीएम फसल बीमा योजना लगायतका चलिरहेका योजनाहरूको स्थितिको बारेमा पनि प्रकाश पारेका थिए।

About Author

Advertisement