खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको तत्वधानमा आयोजित सांगठानिक सभामा खरसाङ महकुमा समिति अध्यक्ष सुवास प्रधानलाई उनको संगठन प्रतिको निष्ठापूर्वक एवं निःस्वार्थ कार्यको कदर गर्दै केन्द्रिय समिति उपाध्यक्ष पदमा नियुक्त गरिएको छ। यसको लागि खरसाङ महकुमा समितिको पक्षबाट प्रवक्ता अनुप रामुदामुले संस्थापक अध्यक्ष अनित थापाप्रति आभार प्रकट गरेका छन्। सुवास प्रधानले आजसम्म खरसाङ महकुमा समितिलाई दह्रिलो बनाउन निष्ठापूर्वक तथा पूर्ण लगनशीलताको साथ कार्य गरि संगठनलाई आजको अवस्थामा पुऱ्याए, अबोप्रान्त केन्द्रिय समितिको गरिमामय पदमा रहेर अझ संगठनलाई सुदृढ बनाउन अहम् योगदान दिने छन् साथै खरसाङ महकुमा समिति अझ सशक्त बन्नेछ भनि हर्ष प्रकट गरेका छन्। उसैगरि खरसाङ महकुमा समितिमा सभापतिको भार सुमन बम्जनलाई दिइएकोमा महकुमा समितिको पक्षबाट शुभकामना व्यक्त गर्दै प्रवक्ता रामुदामुले बताए एक योग्य र सक्षम व्यक्तिको हातमा बागडोर सुम्पिएकोले संगठन दुइ गुणा सुदृढ हुने बताएका छन्। भूतपूर्व अध्यक्ष सुवास प्रधान साथै नवनियुक्त अध्यक्ष सुमन बम्जनलाई समस्त खरसाङ महकुमा समितिको पक्षबाट शुभकामना व्यक्त गरेका छन्।









