सुल्तान जोहोर कपमा भारतको असल शुरुवात

IMG-20241019-WA0241

जोहोर (मलेशिया): भारतीय सीनियर हकी टीमका पूर्व गोलकीपर पीआर श्रीजेशको निम्ति प्रशिक्षकको रूपमा पदार्पण सुःखद रह्यो। श्रीजेशको मार्गदर्शनमा रहने भारतीय जूनियर पुरुष हकी टीमले यहाँ जापानलाई ४- २-ले पराजित गरी सुल्तान जोहोर कपमा आफ्नो पहिलो जीत हासिल गऱ्यो। म्याचमा भारतको निम्ति आमिर अली (१२औं मिनट), गुरजोत सिंह (३६औं), आनन्द सौरभ कुशवाह (४४औं) र अंकित पाल (४७औं) – ले गोल गरे। यसरी जापानबाट त्सुबासा तनाका (२६औं) र राकुसी यामानाका (५७औं मिनट)-ले गोल गरे। म्याचको अवधि भारतीय टीमका मुख्य प्रशिक्षक श्रीजेशलाई आफ्ना खेलाड़ीहरूका प्रदर्शनसँग सन्तुष्ट देखियो। म्याचमा अधिकांश समय नै बल भारतको दखलमा रह्यो अनि जूनियर खेलाड़ीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जापानको चुनौतीलाई माटोमा मिलाए।

About Author

Advertisement