सुमित देवान अनि प्रणित राई तीन दिनको पुलिस रिमाण्डमा

IMG-20241030-WA0246

दार्जीलिङ: सुमित देवान अनि प्रणित राईलाई ३ दिने पुलिस रिमाण्डमा राख्ने सीजीएम कोर्टले निर्देश जारी गरेको छ। मार्गरेटस् चियाबारी क्षेत्रबाट हिजो बेलुकी पक्राउ परेका दुवै आरोपी विरुद्ध गत ३० सेप्टेम्बर डाकिएको १२ घण्टे पहाड बन्दबीच सोनादा परिसरमा राष्ट्रिय राजमार्ग ५५ मा अवरोध खडा गरेको पुलिसद्वारा सुमटो केश दर्ता गरिएको एपीपी पंकज प्रसादले बताएका छन्।‌
यसबाहेक तिहारको बेला पुन: राष्ट्रिय राजमार्ग अवरोध खडा गर्ने तयारी गरिरहेको गोप्य सूचनाको आधारमा पक्राउ परेका सुमित देवान र प्रणित राई विरुद्ध बन्दावधि राजमार्ग तोडफोड गरेका थप मुद्दा दर्ता गरिएको एपपीपी पंकज प्रसादको भनाइ छ।

About Author

Advertisement