सुप्रिम कोर्टको आदेश कोरोनाको समय पेरोलमा मुक्त सबै कैदीले १५ दिनमा सरेन्डर गर्ने आदेश

997494-953467-supreme-court-file.jpg

नयाँ दिल्ली: सुप्रिम कोर्टले कोरोनाको समय पेरोलमा मुक्त भएका सबै कैदीरूलाई १५ दिनभित्र सरेन्डर गर्ने आदेश दिएको छ। जस्टिस एमआर शाहको अध्यक्षता रहेको बेञ्चले यो आदेश दिएको छ। कोरोना कालमा देशभरिका तमाम कैदीहरूलाई हाई पावर्ड कमिटीको सिफारिशमा आपातकालीन पेरोल दिइएको थियो। कोर्टले भन्यो, सरेन्डर गरेपछि कैदीले जमानतको निम्ति कोर्टमा पाचिका लगाउन सक्छन्। उनीहरूको अर्जीमा कानून अनुसार विचार गरिनेछ। यसका साथै आपातकालीन पेरोलमा मुक्त भएका कैदीले कोर्ट समक्ष आफ्नो सजायलाई निलम्बित गर्ने माग पनि गर्नसक्छन्। वस्तुतः २०२० र २०२१ मा कोरोना मामिला लगातार बढ़ेपछि कोर्टले यसमा स्वतः संज्ञान लिएको थियो र जेलहरूमा भीड़देखि बचाउनका लागि धेरै दिशा-निर्देश जारी गरेको थियो। कैदीहरूलाई पेरोल दिने मामिलामा कोर्टले हाई पावर्ड कमिटीको गठन गरेको थियो। यही कमिटीको सिफारिशमा आपातकालीन पेरोल दिइएको थियो।

About Author

Advertisement