सुन्तलाबारीमा निःशुल्क आँखा जाँच शिविर

IMG-20220527-WA0122.jpg

कालचिनी। दुर्गम बक्साद्वार पहाड़को प्रवेशद्वार सुन्तलाबारीमा आज रोटरी क्लब अफ कलकत्ता सुतानिटीको आयोजना औ बिनापानी अलिपुरद्वार वेलफेयर क्लबको सहयोगिता एवम् सुन्तलाबारी ग्रामसभा एफआरसीको सौजन्यमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको जानकारी सुन्तलाबारी एफआरसी सचिव तथा समाजसेवी अरुण कुमार राईले दिएका छन।
आज उक्त शिविरमा आएको आँखा चिकित्सकहरुले बक्साद्वार पहाड़को चुनाभट्टी, लाप्चाखा, टाँशीगाउँ २८, २९ बस्ती र सुन्तलाबारी बस्तीबाट आएका प्रायः १०० भन्दा अधिक मानिसहरुले आँखा जाँच शिविरको लाभ उठाएको थियो भने शिविरमा प्रायः ६९ जना रेटिनोपेथी जड़ित रोगीहरुको पतो लागेको र १४ जना क्याटेरेक्ट रोगीहरुको चिन्हित भएको थियो।
क्याटेरेक्ट रोगीहरुको अपरेसन सीएमओएच बीएमओएचसितको सहमतिमा आगामी ४५ दिनभित्र गरिने आयोजक पक्षले जनाएका छन।
आज यस अवसरमा रोटरी क्लब अफ कलकत्ताकी श्रीमती एस बासु लगायत अबीर मुखर्जी, अञ्जान सिन्हा, भिजन एक्सरे, बिनापानी अलिपुरद्वार वेलफेयर सोसाइटीको सुजीत कुमार राय आदिको उपस्थिति रहेको थियो।
रोटरी क्लब अफ कलकत्ता सुतानिटीको पक्षबाट शिविर सुन्दर ढङ्गमा व्यवस्थापन गरेकोमा सुन्तलाबारी एफआरसीको सचिव तथा समाजसेवी अरुण कुमार राईलाई स्मृति चिन्ह भेट गरिएको थियो।
शिविर सम्पन्न भएपछि सुन्तलाबारी ग्राम सभाको पक्षबाट रोटरी क्लब अफ कलकत्ता सुतानिटी र बिनापानी अलिपुरद्वार वेलफेयर सोसाइटीको सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै आँखा बिना संसार देख्न नसक्ने र यसै आँखाको निःशुल्क शिविर गर्न आउने सरल ह्रदयका मानिसहरुलाई अरुण कुमार राईले धेरै आभार व्यक्त गरेका छन‌।

About Author

Advertisement