सुनिल छेत्रीलाई सम्मानित गऱ्यो फीफा-ले, जीवन र करियरमाथि सीरीज जारी

२८ सेप्टेम्बरः फूटबलको वैश्विक सञ्चालन संस्था फीफाले भारतीय फूटबल टीमका चमत्कारी कप्तान सुनिल छेत्रीलाई सम्मानित गर्दै उनको जीवन र करियरमाथि तीन भाग (एपिसोड)-को सीरीज जारी गऱ्यो। फीफाले बताएअनुसार, यो तीनवटा भागको सीरीज उनीहरूका स्ट्रीमिंग प्लेटफर्म फीफा प्लस-मा उपलब्ध हुनेछ। फीफाले आफ्नो विश्व कप ह्याण्डलबाट ट्वीट गरेको छ, तपाईंलाई रोनाल्डो र मेस्सीबारे सबैथोक थाहा छ। अब सक्रिय पुरुष खेलाड़ीहरूमा तेस्रो सर्वाधिक गोल गर्ने खेलाड़ीको कहानी जान्नुहोस्। सुनिल छेत्री- क्याप्टन फेण्टास्टिक अब फीफा प्लसमा उपलब्ध। फीफाद्वारा जारी यस सीरीजमा सुनिल छेत्रीको करियरको शुरुवातदेखि अहिलेसम्मको यात्रालाई तीनवटा भागमा देखाइएको छ। भारतका ३८ वर्षीय सुनिल ८४ वटा अन्तर्राष्ट्रिय गोलको साथ सक्रिय खेलाड़ीहरूमा सर्वाधिक गोल गर्नेहरूका सूचीमा तेस्रो स्थानमा रहेका छन्। यस सूचीमा क्रिस्टियानो रोनाल्डो ११७ गोलको साथ पहिलो अनि लियोनल मे्सी ९० गोलको साथ दोस्रो स्थानमा रहेका छन्। सुनिल छेत्रीले २००५-मा भारतको निम्ति पदार्पण गरेपछि अहिलेसम्म १३१ वटा अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन्।

About Author

Advertisement