सुनिल छेत्रीको बिदाई म्याचमा स्टेडियम पूरा भरिएको रहने आशा व्यक्त गरे प्रशिक्षक स्टीमाकले

IMG-20240525-WA0152.jpg

भुवनेश्वर: भारतीय पुरुष फूटबल टीमका मुख्य प्रशिक्षक इगोर स्टीमाकले ६ जूनमा कलकत्ताको सल्ट लेक स्टेडियम दर्शकहरूले टम्मै भरिएको रहने आशा व्यक्त गरेका छन्। त्यस दिन भारतले कुवैत विरुद्ध वर्ल्ड कप क्वालीफिकेशन म्याच खेल्नेछ, जुन चमत्कारी कप्तान सुनिल छेत्रीको अन्तिम अन्तर्राष्ट्रिय म्याच पनि हुनेछ। यसैकारण स्टीमाकले ६ जूनमा पूरा देशबाट समर्थकहरू सल्ट लेक स्टेडियममा आउने आशा व्यक्त गरेका छन्। कुवैत विरुद्ध त्यस म्याचको साथ सुनिल छेत्रीको १९ वर्षको झल्मलाउँदै अन्तर्राष्ट्रिय करियरको अन्त हुनेछ। यस अवधि उनले देशको निम्ति सर्वाधिक १५० वटा म्याच खेलेर सर्वाधिक ९४ गोल गरे। कुवैत विरुद्ध म्याच उनको १५१औं अन्तर्राष्ट्रिय म्याच हुनेछ। कुवैत विरुद्ध म्याचमा जीत हासिल गर्न सके भारत इतिहासमा पहिलोपल्ट वर्ल्ड कप क्वालीफायरको तेस्रो राउण्डमा पुग्नेछ। स्टीमाकले भने, यस म्याचमा अलग महत्त्व छ कारण हामी तेस्रो राउण्डको निम्ति क्वालीफाई गर्नदेखि केवल एक जीत टाढ़ा छौं अनि यो सुनिल छेत्रीको बिदाई म्याच पनि हुनेछ। यसैकारण सल्ट लेक स्टेडियम टम्मै भरिएको रहने आशा छ।
स्टीमाकले भने, मलाई पूरा देशबाट प्रशंसकहरू आउने अनि हाम्रा खेलाड़ीहरूलाई म्याच जित्नमा सहायता गर्ने भरोसा छ। यसको साथमा सुनिल छेत्रीलाई धन्यवाद अनि बिदाई जनाउनेछौं। यो निक्कै भावनात्मक पल हुनेछ अनि म्याच समाप्त भएपछि हामी प्रशंसकहरूका निम्ति केही खास गर्नेछौं। उल्लेखनीय छ, भारतीय फूटबल टीम अहिले भुवनेश्वरमा अभ्यास गरिरहेको छ अनि २९ मईमा कलकत्ता पुग्नेछ। मुख्य प्रशिक्षकले भने, खेलाड़ीहरूले असल काम गरिरहेका छन्। लामो शिविर हाम्रो निम्ति फाइदाजनक रहने धेरैपल्ट साबित भइसकेको छ। हामी खेलको विभिन्न पक्षहरूमा काम गरिरहेका छौं। यसमा डिफेण्ड गर्नु अनि काउण्टर एटेक सामेल छ।

About Author

Advertisement